नियम १२
अनुसन्धान तथा विज्ञ समूह
  (१) प्रधान न्यायाधीशले इजलासको अधिकारक्षेत्र अन्तर्गत हेरिने मुद्दासँग सम्बन्धित संवैधानिक कानून, संघीयता, प्राकृतिक स्रोतको बाँडफाँड, प्रदेशहरुको अधिकारक्षेत्र र सिमाङ्कन, कर र राजश्व तथा आवश्यकता अनुसार अन्य विषयमा अध्ययन र अनुसन्धान तथा विज्ञ समूह गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन हुने अनुसन्धान समूह वा विज्ञले प्रधान न्यायाधीशले निर्देशन दिए बमोजिमका विषयमा तुलनात्मक अध्ययन र अनुसन्धान गरी प्रतिवेदन वा राय सुझाव दिनुपर्नेछ ।